स्कुटरदेखि हिरा जित्ने मौका, दुइतर्फी टिकटमा ४ वटा ‘लक्की ड्र’ कुपन

डिसी नेपाल
१७ असोज २०७८ १७:४७
36
Shares

काठमाडौं । यती एअरलाइन्सले नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपहार योजना सार्वजनिक गरेको छ ।

एयरलाइन्सले २३औं बर्षगाँठ मनाईरहँदा धमाकेदार दसैं तिहार अभियान अन्तर्गत स्कुटरदेखि हिरासम्मका उपहार ल्याएको हो। उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एअरलाइन्सले बताएको छ ।

असोज २१ देखि कार्तिक २४ सम्म भरिएका कुपनहरुलाई संकलन गरी गोलाप्रथा मार्फत प्रथम, द्धितीय र तृतीय विजेता छु्ट्याइने छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने एयरलाइन्सले जनाएको छ।

यो योजना असोज २१ देखि कार्तिक २४ गतेसम्म यती एअरलाइन्स मार्फत् उडान गर्ने सम्पूर्ण यात्रुहरुमा लागू हुनेछ । अग्रीम टिकट बुकिङ्ग गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *