यातायात कार्यालयबाट दुई बिचौलिया पक्राउ

डिसी नेपाल
१७ असोज २०७८ १८:२६
164
Shares

काठमाडौँ । लाइसेन्स बनाइदिने भन्‍दै सेवाग्राहीबाट पैसा असुल गर्ने २ जना विचौलिया प्रहरीको फन्दामा परेका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सुमन तामाङ र सुरज गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

ललितपुर महानगर–१४ नख्खीपोटका ३० तामाङ र कुसुन्तीका २३ वर्षीय गुप्ताले लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उनका अनुसार यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरेर लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरिएको हो ।महाशाखाको पीडित सहायता कक्षबाट सादा पोसाकमा खटिएको टोलीले आफैं सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पठाइएको महाशाखाले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *