काबुलको मस्जिद बाहिर विष्फोट केहीको मृत्यु, थुप्रै घाइते
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर आइतबार भीडको बीचमा भएको विष्फोटमा कैयौँ नागरिक मारिए वा घाइतेमात्र भएका छन् यकिन हुन सकेको छैन् ।
तालिबान प्रवक्ताका अनुसार आज दिउँसो ईदगाह ग्रेट मस्जिदको गेट नजिकै भएको विष्फोटनमा आम नागरिकको मृत्यु भएको छ, जुन दुर्भाग्यपूर्ण छ ।
तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाले ट्विटरमा लेखेका छन् “हामीले ईदगाह ग्रेट मस्जिद बाहिर स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे ठूलो विष्फोटको आवाज सुनेका थियौँ । अहिले यो ठाँउ पूरै सिल गरिएको छ” ।
एक प्रत्यक्षदर्शीले सिन्ह्वालाई बताए तालिबान नेताको मृत परिवारको सदस्यका लागि प्रार्थना समारोह चलिरहेको बेला उक्त विष्फोट भएको थियो । अहिले तालिबान सुरक्षा बलले सतर्कता अपनाउनका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।
घाइतेहरूलाई एम्बुलेन्स र अन्य सवारी साधनबाट नजिकैको अस्पतालमा पु¥याइएको छ ।अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment