इटालीमा खाली घरमा जहाज खस्यो, सबै यात्रुको मृत्यु

डिसी नेपाल
१७ असोज २०७८ २३:२२
6.6k
Shares

मिलान । इटालीको मिलान सहरमा एउटा निजी विमान आज खाली भवनमा दुर्घटना भएको छ। विमानमा सवार सबै आठ जनाको मृत्यु भएको छ। मिलान शहरको सान डोनाटोमा रहेको मेट्रो स्टेशन नजिक सो दुर्घटना भएको थियो । विमान मिलान को लैनाते बिमानस्थल बाट उडेको र सर्देनिया को टापुको लागि जाँदै थियो।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार घटनामा मरेकामध्ये एक बालक पनि छन । विमान खाली भवनमा दुर्घटना भएको हुँदा जमीनमा रहेका कोही घाइते भएका छैनन्। दुर्घटनापछि भवन नजिक पार्क गरेर राखिएका कारहरुमा आगो लागेको छ ।

तस्वीरः स्थानिय सञ्चारमाध्यम


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *