कांग्रेस कालीकोटकाे सभापतिमा शाही

डिसी नेपाल
१८ असोज २०७८ ७:१५
132
Shares

सुर्खेत । नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही चयन भएका छन्।

सातौँ जिल्ला अधिवेशनबाट उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही ‘घमन’ तथा सचिवमा नगेन्द्र विष्ट र मात्रिका सिंह चयन भएका हुन्।

अन्य पदाधिकारी र महासमिति सदस्य पनि सहमतिमा चयन गर्ने प्रयास भइरहेकाे कांग्रेस कालीकोटका सचिव नगेन्द्र विष्टले बताए।

सभापति शाही कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने उपसभापति बाेगटी प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पक्षका हुन्। अर्का उपसभापति शाही पौडेल पक्षका हुन् । सचिव विष्ट पौडेल पक्षका हुन् भने सिंह देउवा पक्षका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.