प्यान्डोरा पेपर्सः ट्याक्स हेभन देशमा पाकिस्तानी अर्थमन्त्रीसहित सात सय जनाको कारोवार
इस्लामावाद । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ देशमा पाकिस्तानका सात सय जनाले ‘अफशोर कम्पनी’ मा कारोवार गरेको सार्वजनिक भएको छ। अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीको दस्तावेज प्यान्डोरा पेपर्सले यस्तो सार्वजनिक गरेको हो।
गैरकानुनी ढंगले सम्पत्ति लुकाउनेमा अर्थमन्त्री शौकात तरिन, सिनेटर फैसल भाउदा, पाकिस्तान मुस्लिम लीग–क्वूका नेता चौधरी मुनिस इलाही, उद्योगमन्त्रीका परिवार, पीटीआई नेता अब्दुल अलिम खानसहित सात सय जनाको नाम उल्लेख छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले वारम्वार नयाँ पाकिस्तान बनाउने बताउँदै आएका छन्। तर, प्रधानमन्त्री इमरान खानकै भित्री वृत्तका मानिस र सरकारका मन्त्रीहरु पान्डोरा पेपर्समा मुछिएका छन्।
आईसीआईजेको सूचीमा सेनाका केही सदस्य र ठूलो संख्यामा उद्योगी रहेको जनाइएको छ। आईसीआईजेको तर्फबाट पाकिस्तानका खोज पत्रकार उमर चिमा र फकहर दुरानी पनि अनुसन्धानमा सहभागी थिए।







डिसी नेपाल







Facebook Comment