नेपाल–भारत सीमामा हिंसाका विषयमा तनाव बढेपछि उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री पक्राउ
काठमाडौं। नेपाल–भारत सीमा क्षेत्रमा भारततर्फको लखीमपुर खिरी जिल्लामा भएको घटनाका विषयमा तनाव बढ्दै जाँदा उत्तर प्रदेश पुलिसले प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवलाई हिरासतमा लिएको छ । आफूलाई पुलिसले लखीमपुर खिरी आउनबाट रोकेर घरमै नजरबन्दमा राख्न खोजेपछि यादव आफ्नै घरअगाडि धर्नामा बसेका थिए ।
समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई पक्राउ गरिएपछि समाजवादी पार्टीका कार्यकर्ताहरुले हंगामा गरेका छन् । यादवले कार्यकर्ताहरुलाई पुलिसको काममा अवरोध नगर्न आग्ह गरेका छन् । यादवसहित समाजवादी नेता प्रोफेसर रामगोपाल यादव र १५० देखि २ सय पार्टी कार्यकर्तालाई पनि हिरासतमा लिइएको छ ।
सोमबार बिहान करिब ९ बजे अखिलेर लखीमपुर खिरी जानको लागि घरबाट निस्किएका थिए तर पुलिसले उनलाई रोकेको थियो । त्यसपछि उनी आफ्नो घरअगाडि नै धर्नामा बसेका थिए । अखिलेश यादवले घटनापछि भारतका भाजपा सरकारमा जति अन्याय र अत्याचार भएको छ त्यस्तो अंग्रेजको शासनकालमा पनि नभएको बताएका छन् ।
अखिलेश यादवले भने ‘किसानहरुमाथि अंग्रेजहरुले भन्दा पनि धेरै अत्याचार गरिएको छ । भारतीय जनता पार्टी किसानहरुमाथि अंग्रेजहरुभन्दा पनि क्रुर भएको छ । अंग्रेजको जमानामा पनि यति अत्याचार भएको थिएन होला । जो कोहीले भनिरहेका छन् कि यो सरकारले जसको पनि ज्यान लिन सक्छ ।’







डिसी नेपाल







Facebook Comment