नेपाल–भारत सीमामा भइरहेको हिंसा रोक्न यस्ता शर्तहरुमा भयो सहमति
काठमाडौं। नेपाल भारत सीमा क्षेत्रमा कैलालीको टिकापुरको पारिपट्टि लखीमपुर खिरी जिल्लामा भएको हिंस्रक झडपमा ४ किसान, ३ जना भाजपाका कार्यकर्ता र एक पत्रकारको मृत्यु हुने गरी भएको हिंस्रक झडप रोक्न सहमति भएको छ । हिंसापछि मृतक किसानको शव सडकमा राखेर लगातार विरोध प्रदर्शन गरिरहेका किसान र लखीमपुर खिरी प्रशासनबीच सहमति भएको भारतीय मिडियाले जनाएका छन् ।
प्रशासन र किसानहरुबीच भएको वार्तामा हिंसामा मारिएका सबै मृतकका परिवारलाई ४५–४५ लाख रुपैयाँ आर्थिक सहयोग दिइनेछ । यसका साथै मृतकका परिवारका एक सदस्यलाई सरकारी जागिर दिइनेछ । घाइतेहरुलाई १०–१० लाख रुपैयाँ क्षतिपूर्ति दिइनेछ । यो घटनाको अनुसन्धान उच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको निगरानीमा गरिनेछ । किसान नेता राकेश टिकैत र एडिजी ल एण्ड अर्डर प्रशान्त कुमारले साझा पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएका हुन् ।
राकेश टिकैतले भने ‘पहिलो कुरा केन्द्रीय गृह राज्यमन्त्रीको नाममा एफआइआर दर्ता भएको छ । प्रशासनले १०–११ दिनको समय मागेको छ यदि त्यो समयमा कारवाही भएन भने हामी पञ्चायत गर्नेछौं । हामी किसानहरुको दाह संस्कारसम्म यहीँ रहनेछौं र ५ डाक्टरको निगरानीमा पोस्टमार्टम हुनेछ । यसको भिडियो रेकर्डिङ गरिनेछ । अहिले इन्टरनेट चलिरहेको छैन त्यसैले हामीले सबै भिडियो प्रमाण नपाएको हुन सक्छ तर जब इन्टरनेट चल्नेछ तपाइँहरुसँग कुनै भिडियो भए हामीलाई पठाउनुस् ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment