को हुन् रुसी राष्ट्रपति पुटिनकी गर्लफ्रेण्ड ? जोसँग अरबौंको कालो धन छ
काठमाडौं। पेन्डोरा पेपर्स लिक मामिलामा कैयौं देशका शीर्ष नेताहरु, अधिकारीहरु र प्रसिद्ध हस्तिहरुको नाम आएको छ । यसमा उनीहरुको वित्तिय रहस्यलाई उजागर गरिएको दावी गरिएको छ । यी पेपरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम पनि आएको छ । पुटिनका सहयोगीहरुले भारी मात्रामा धन आर्जन गर्न र वित्तिय लेनदेन गर्नको लागि ट्याक्स हेवेवमा खाताको उपयोग गरेको आरोप छ ।
डेलीमेलको एक रिपोर्टका अनुसार पुटिनका सहयोगी गुप्त सम्पत्ति बनाउने काममा जुटेका थिए । उनकी कथित गर्लफ्रेण्डको स्वामित्व रहेको एक कम्पनीले ४.१ मिलियन डलरको अपार्टमेन्ट किनेको थियो । २००३ मा २८ वर्षकी महिला स्वेतलाना क्रिवोनोगिख यो अपार्टमेन्टको वास्तविक मालिक थिइन् । पेन्डोरा पेपर्समा पुटिनको मोनाकोमा रहेको गुप्त सम्पत्तिबारे पनि उल्लेख छ ।
पेपरमा उनको कथित रुपमा विदेशमा रहेको एक कम्पनीको बारेमा पनि खुलासा गरिएको छ र यसको स्वामित्व उनकी गर्लफ्रेण्डसँग भएको दावी गरिएको छ । पेपरका अनुसार पुटिनसँग नजिकिएपछि यी महिलाले सेन्ट पिटसबर्गमा एक फ्ल्याट, मस्कोमा कैयौं सम्पत्तिहरु र एक क्रुज जहाज किनेकी थियन् । यी सबै सम्पत्तिको मूल्य १०० मिलियन डलरभन्दा धेरै छ ।







डिसी नेपाल







Facebook Comment