ड्रग्स केसको सोधपुछमा आर्यनले पिता शाहरुखबारे आश्चर्यजनक खुलासा गरे
काठमाडौं। ड्रग्स मामिलामा गिरफ्तार शाहरुख खानका छोरा आर्यन खान समेत ८ आरोपी ८ अक्टोबरसम्म नारकोटिक्स कन्ट्रोल ब्युरोको हिरासतमा छन् । एनसीबीको सोधपुछमा आर्यनले आफ्ना पिताबारे आश्चर्यजनक खुलासा गरेका छन् । आर्यनका अनुसार शाहरुख खानसँग भेट्नको लागि अरुले मात्र होइन स्वयं आर्यनले पनि शाहरुखकी म्यानेजर पूजासँग पहिले नै समय लिनुपर्थ्यो ।
शाहरुख खान अहिले एक साथ कैयौं प्रोजेक्टमा काम गरिरहेका छन् । जसका कारण अहिले उनको तालिका निकै व्यस्त छ । यस्तोमा उनका छोराछोरीले पनि उनीसँग भेट्नको लागि म्यानेजरसँग पहिले नै समय नलिइ भेट्न पाउँदैनथे । आर्यनले एनसीबीलाई आफूले विदेशबाट फिल्म निर्माणको कोर्स गरेको बताएका छन् ।
एनसीबीको टिमले दिल्लीबाट यही केसमा ४ जनालाई लिएर मुम्बइ पुगेको छ । यी सबैलाई गिरफ्तार गरिएको मानिएको छ । एनसीबीको तर्फबाट यसको पुष्टि भने भएको छैन । अहिलेसम्म केवल ११ जनाको गिरफ्तारी पुष्टि भएको छ । आर्यनसमेत ८ जना क्रुजबाट, अरबाज मर्चेन्टका साथी श्रेयस, १ व्यक्ति जोगेश्वरीबाट र १ जना ओडिशाबाट गिरफ्तार भएका छन् ।
एनसीबीले ड्रग्स ओसारपसार गर्ने व्यक्ति र श्रेयसलाई पक्राउ गरेको छ । यी दुईमाथि पार्टीको लागि ड्रग्स उपलब्ध गराएको आरोप छ । श्रेयससँगबाट ठूलो मात्रामा ड्रग्स बरामद भएको छ । आज यी दुईलाई क्रुजबाट पक्राउ परेका ८ जनाको अगाडि राखेर सोधपुछ गरिने सम्भावना छ । क्रुजका ८ जनालाई पनि पक्राउ गरिएको छ । उनीहरुमाथि ड्रग्सको जानकारी थाहा पाएर लुकाएको आरोप छ ।







डिसी नेपाल








Facebook Comment