२५ भेडाका पाठा जलेपछि दशैँको चिन्ता
काठमाडौं। नेपालीहरुको महान चाडपर्व नजिकिँदै छ । जुम्लाका अधिकाशंका आम्दानी भनेकै भेडा हो तर, सोहि भेडाका २५ पाठा जले पछि समस्यामा छन् उनीहरु । हिमा गाउँपालिका– २ स्थित भेडीखर्कमा आगलागी हुँदा भेडाका २५ वटा पाठा जलेर मरेका छन्। सोमबार दिउँसो खर्कमा आगलागी हुँदा दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ कृषकका २५ पाठा जलेर मरेका हुन्।
खर्कमा कोही नभएको समयमा आगलागी हुँदा भेडाका पाठासहित २० भन्दा बढी राडीकम्बल, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएका छन्। करिब चार हजार मिटर उचाइमा रहेको खर्कसमेत जलेर नष्ट भएपछि ओत लाग्ने स्थान नहुँदा भेडापालक किसान आगो बालेर रात काटिरहेका छन्। चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment