ठगी गर्ने दुई युवती प्रहरीको फन्दामा

डिसी नेपाल
१९ असोज २०७८ १८:१६
200
Shares

काठमाडौं । २ लाख ५० हजार रुपैयाँ बराबरको सुनको औंठी ठगी गरेको आरोपमा प्रहरीले दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया सुनिता तामाङ र काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया युनिसा मगरलाई सोमबार गोंगबुबाट पक्राउ गरेको हो ।

मगर र तामाङले एक पुरुषको औँठी ठगी गरेका थिए । काठमाडौंको बौद्ध बस्ने एक पुरुषलाई एयरपोर्टबाट ट्याक्सीमा बस्न लगाएर ललितपुरको चापागाउँमा पु¥याई सुनको औंठी ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई ठगी सम्बन्धी कसूरको मुद्दामा थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर, ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.