प्रहरी दिवसमा खोटाङमा ब्याटमिन्टन प्रतियोगिता

डिसी नेपाल
२० असोज २०७८ ८:०१

खोटाङ । प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला स्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ।

६६औँ प्रहरी दिवसका अवसरमा प्रहरीले १७ असोजदेखि १९ असोजसम्म जिल्ला स्तरिय सिंगल, खुला डबल र भेट्रान डबल ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको हो। सिंगल ब्याटमिन्टनमा सविन श्रेष्ठ प्रथम, एलिस दंगाल दोस्राे तथा अविन राई र सनम राई तेस्राे भएका छन्।

खुला डबलतर्फ दिपक खत्री र कल्पना राई जोशीको समूह प्रथम, विनोद उदास र सविन श्रेष्ठको समूह दोस्राे, विकास खत्री र विपिन योगी तथा एलिस दंगाल र ममता राईको समूह तेस्राे भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भेट्रान डबलमा राजु श्रेष्ठ र जय राईको समूह प्रथम, कल्पना राई जोशी र हरि राईको समूह दोस्राे, भोजबहादुर मगर र प्रकाश राई तथा भक्त कालिकोटे र केशव थापाको समूह तेस्राे भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *