सप्तरीमा एक युवती मृत फेला
काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित एक युवती रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा फेला गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा रुपनी गाउँपालिका–२ चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ । मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको भन्दै आफैं रूखमा झुन्डिएको हुन सकिने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो ।







डिसी नेपाल








Facebook Comment