नेपाल वायुसेवा निगमका पूर्वअध्यक्षको निर्माणाधीन घरको ४ तलाबाट खसेर मृत्यु

डिसी नेपाल
२१ असोज २०७८ ११:४४
5.4k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको घरको छतबाट खसेर मृत्यु भएको छ । निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीको दावी छ ।

अहिले विहान चावहिलस्थित बुलबुलेको निर्माणाधीन घरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनले आत्महत्या गरेको हुन कि भन्ने आशंका गरिएको भएपनि एकिन हुन सकेको छैन ।

‘घरबाट खसेको खबर आएपछि गौशला वृत्तबाट प्रहरी गएको छ, विस्तृत विवरण आउन बाँकी रहेको छ’, परिसर प्रवक्ता एसपी रमेशकुमार बस्नेतले भने ।

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको इजलासले चतुर्वेदीलाई भ्रष्टाचारी ठहर गर्दै १ करोड ३९ लाख जरिवाना, विभिन्न चल/अचल सम्पत्तिको जफत र कैद हुने फैसला गरेपछि उनी जेल चलान भएका थिए ।

२०६८ सालमै जेल गएपछि उनी डिप्रेशनको विरामी भएको परिवारले जनाएको छ । केही वर्षअघि मात्रै उनी जेलमुक्त भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.