मुनमुन धमेचाको अदालतमा बयान – ‘आर्यन खान र अरबाज मर्चेन्ट दुवैलाई चिन्दिन’

डिसी नेपाल
२१ असोज २०७८ १३:१८
3.6k
Shares

काठमाडौं। आर्यन खानको साथमा क्रुज जहाजबाट ड्रग्स केसमा पक्राउ परेकी मोडल मुनमुन धमेचाले अदालतमा आफूले आर्यन खानलाई नचिन्ने बताएकी छिन् । मुनमुनका वकिलको तर्फबाट अदालतमा दर्ता गराइएको बयानमा मुनमुनले आफूले अन्य २ अभियुक्तहरु आर्यन खान र अरबाज मर्चेन्ट दुवैलाई नचिन्ने बताएकी हुन् ।

मुनमुनका अनुसार उनी क्रुजमा भएको पार्टीमा आफ्ना २ साथीहरु सौम्या र बलदेवको निम्तामा गएकी थिइन् । उनको दावीअनुसार एनसीबीले उनलाई त पक्राउ गर्यो तर उनलाई बोलाउने दुवै साथीहरुलाई भने छोडिदियो । ३९ वर्षकी मुनमुनलाई एनसीबीले ३ अक्टोबर दिउँसो २ बजे गिरफ्तार गरेको थियो । मुनमुन फेशन मोडल हुन् ।

मुनमुनका वकिल अली काशिफ खान देशमुखले एक भारतीय अखबारसँग कुरा गर्दै मुनमुन मुम्बइमा नबस्ने र उनको आर्यन र अरबाजसँग सम्बनधको प्रश्न नै नउठ्ने बताएका छन् । उनका अनुसार एनसीबीले क्रुजमा छापा मार्दा मुनमुनको साथबाट केही पनि गैरकानुनी कुरा बरामद नभएको दावी गरे । एनसीबीले भने अदालतमा पेश गरेको रिमाण्ड कपीमा ५ ग्राम कोकिन बरामद भएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.