पहिरोले ३० लाख बराबरको क्षति
फाइल फाेटाे।
काठमाडौँ । खत्याड गाउँपालिका ३ माथिखर्कमा बिहीबार बिहान ४ बजे पहिरो गएको छ ।
पहिरोले साविक गम्था घर भएका रत्नचन्द्र उपाध्यायको घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । लगातारको वर्षाका कारण बिहीबार पहिरो गएको हो । उपाध्यायको घर बगाएसँगै अन्य क्षतिसमेत भएको जनाइएको छ ।
पहिरोले उपाध्याको घर जगभन्दा करिब २० मिटर तल पुर्याएको छ । मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए । पहिरोपीडित उपाध्यायका अनुसार बिहान ४ बजेतिर सुतिरहेको अवस्थामा एक्कासि माथिबाट ढुंगा आएर घर पछाडिको मुख्य भित्तामा लागेको थियो । गोठमा गाईबस्तु पहिरोले पुरिएका छन् ।
एक गोरु, घरमा राखेको अन्नबाली, केही दिनअघि बैंकबाट ल्याएर बाकसमा राखेको नगद छ लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्ता, १५ कट्टा धानलगायत पहिरोले बगाएको उनको भनाइ छ । सबै गरेर ३० लाख रुपैयाँको क्षति भएको उपाध्यायले बताए ।







डिसी नेपाल








Facebook Comment