देउवा प्रधामन्त्री बनेपछि पहिलो पटक लगानी बोर्डको बैठक बस्दै

डिसी नेपाल
२२ असोज २०७८ १०:४३

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि लगानी बोर्डको पहिलो पटक आज बैठक बस्ने भएको छ । बोर्डको ४८औं बैठक आज अपराह्न ४ बजे बस्ने तय भएको छ।

प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ। बोर्डका सह–प्रवक्ता रमेश अधिकारीका अनुसार आजको बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिलगायतका एजण्डा छन्।

दोलखाको जुमखोला जलविद्युत् आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका एजेण्डा बैठकमा प्रस्तुत हुने अधिकारीले जानकारी दिए।

बोर्ड बैठकले चालू आर्थिक वर्षको वार्षिक बजेट पनि पारित गर्ने छ। त्यसैगरी बोर्डको व्यावसायिक तथा रणनीतिक योजना अनुमोदन पनि गरिने अधिकारीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.