केरा टिप्न खोज्दा मजदुरमाथि केराको रुख ढल्यो, कम्पनीले मजदुरलाई ६ करोड रुपैयाँ तिर्नुपर्ने

डिसी नेपाल
२३ असोज २०७८ १३:१५

काठमाडौं। अस्ट्रेलियाको क्विन्सल्याण्डमा केराको खेतमा मजदुरी गर्ने एक व्यक्तिले आफूमाथि केरा खसेर घाइते भएपछि मालिकमाथि ५ लाख डलर क्षतिपूर्ति माग्दै मुद्दा हालिदिए । अदालतले ती मजदुरको पक्षमा फैसला गरेको छ ।

द केर्न्स पोस्टको एक रिपोर्टअनुसार कुकटाउन नजिकै रहेको खेतमा केराको घरी र बोट समेत जेम लंगबटम नामका मजदुरमाथि खसेको थियो । रुख ढल्दा उनी खेतमा मजदुरको रुपमा काम गरिरहेका थिए । जून २०१६ मा एल एण्ड आर कलिन्सको खेतमा केरा काट्ने क्रममा उनी घाइते भएका थिए ।

५ वर्ष पुरानो मुद्दामा अदालतले अहिले मजदुरको पक्षमा फैसला सुनाएको छ । अदालतमा मजदुरले आफूलाई काममा पठाउनुभन्दा पहिले कम्पनीले ठूला रुखबाट ठूला आकारका केरा कसरी संकलन गर्ने भन्ने बारेमा पर्याप्त प्रशिक्षित नगरेको भन्दै यो कम्पनीको लापरवाही भएको तर्क गरेका थिए ।

फैसला सुनाउँदै न्यायाधीश क्याथरिन होम्सले भने ‘रुख असामान्य रुपले अग्लो थियो र केरा असामान्य रुपले उचाइमा थिए । लंकबटमले आफ्नो दाहिने काँधमा केराको घरी र रुख समाते र दायाँतर्फ जमिनमा लडे । दुर्घटनापछि मजदुरलाई अस्पताल भर्ना गर्नुपर्यो र उनी त्यसपछि काममा फर्किएनन् ।

अदालतका अनुसार केराको तौल करिब ७० किलो थियो । न्यायाधशि होम्सले सुनुवाइपछि मजदुरको दावीलाई सही ठहर गर्दै आफ्नो फैसलामा उनलाई काम लगाउने मालिकले ५ लाख २ हजार ७४० डलर क्षतिपूर्ति मजदुरलाई तिर्नुपर्ने आदेश दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *