बाढी पहिरामा परी थप दुई जनाको मृत्यु
डाेटी । चार दिनदेखिको बेमौसमी बर्षाका कारण आएको बाढी पहिराबाट जिल्लामा थप दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायालाई छत्रे खोलाले बगाउँदा मृत्यु भएको हो।
उनको १०० मिटर तल खोला किनारमा शव भेटिएको हो भने सायल –५ गुरेनामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
मृत्यु भएकाको पहिचान नखुलेको र थप उद्धारका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढी पहिराका कारण जिल्लामा मङ्गलबार नौजना मृत्यु भएको थियो। जिल्लामा अहिले पनि बर्षा भइरहेको छ भने विद्युत्, सञ्चार सम्पर्क अवरुद्ध भएको छ।रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment