पाकिस्तानको ऐतिहासिक जितपछि ‘मारो मुझे मारो’ वाला भाइरल पाकिस्तानी फ्यानले के भने ?
काठमाडौं। २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको खेलमा पाकिस्तानले भारतसँग हारेपछि ‘ओ भाइ, मारो मुझे मारो’ भनेर भाइरल भएका पाकिस्तानी फ्यान गएराती पाकिस्तानले भारतमाथि ऐतिहासिक जित हात पारेपछि फेरि चर्चामा आएका छन् । पाकिस्तानी फ्यान मोमिन शाकिबले हिजोको जितपछि ‘जज्बात बदलिएको’ टिप्पणी गरेका छन् ।
गएराती दुबइमा भएको सुपर १२ अन्तर्गत समूह २ को खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो । यो टि–२० क्रिकेट इतिहासमै भारतको सबैभन्दा ठूलो हार हो र पाकिस्तानको सबैभन्दा ठूलो जित हो । टि–२० क्रिकेटमा यसअघि भारतले कहिल्यै पनि १० विकेटले हारेको थिएन र पाकिस्तानले पनि कहिल्यै १० विकेटले जितेको थिएन ।
आइतबार दुबइमा पाकिस्तानको ऐतिहासिक जीत प्रत्यक्ष हेर्नको लागि मोमिन शाकिब दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममै थिए । पाकिस्तानको ऐतिहासिक जितसँगै उनले कैयौं भिडियोहरु इन्स्टाग्राममा शेयर गरेका छन् । भिडियोमा उनी उत्सव मनाउने मुडमा देखिन्छन् र उनले आजको रात नसुत्ने बताएका छन् । एक भिडियोमा उनले बलिउड अभिनेता अक्षय कुमारसँग कुरा गरिरहेको पनि देख्न सकिन्छ । ‘मैले केही बुझ्न सकिरहेको छैन । म खुसीले पागल हुनेछु’ उनले आफ्नो एउटा भिडियोमा क्याप्सन लेखेका छन् ।
View this post on Instagram
View this post on Instagram
View this post on Instagram
View this post on Instagram
View this post on Instagram
View this post on Instagram
View this post on Instagram
No ads found for this position

डिसी नेपाल
Facebook Comment