‘एक्स-९’ मा सुनील सेठ्ठीले खेल्ने पक्का, दिए १२ दिन

डिसी नेपाल
८ कार्तिक २०७८ १२:२८
16
Shares

काठमाडौं । ‘एक्स-९’ फिल्ममा भारतीय अभिनेता सुनील सेठ्ठीले अभिनय गर्ने पक्का भएको निर्देशक मुकुन्द भट्टले जानकारी दिएका छन्। मल्टिस्टारर एक्सन फिल्मको रूपमा प्रचार गरिएको यो फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्कालगायतका कलाकार अनुबन्धित भइसकेका छन्।

भारतीय अभिनेता सुनील ‘एक्स-९’ मा खलअभिनयमा देखापर्ने बताइएको छ। निर्देशक मुकुन्दलगायतको टिमले केही साताअघि मुम्बई पुगेर सुनीललाई भेटेको थियो। उनले यस फिल्मका लागि जम्मा १२ दिन समय दिने र त्यस अवधिमा उनको भागमा पर्ने सुटिङ सकाइने बताइएको छ।

१२ दिनमध्ये सुनीलका दृश्य ६ दिन काठमाडौ र बाँकी ६ दिन स्कटल्यान्डमा खिचिने बताइएको छ। फिल्ममा को अभिनेत्री हुनेछिन् ? त्यो भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। निर्देशक मुकुन्दले यसअघि ‘वार’, ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन-२’ फिल्म निर्देशन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *