केहीबेरमा २ नयाँ आइपिएल टिम थपिँदै, टिम किन्न म्यान्चेस्टर युनाइटेडका मालिक रेसमा

डिसी नेपाल
८ कार्तिक २०७८ १५:१५

काठमाडौं। टि–२० विश्वकप चलिरहेका बेला इण्डियन प्रिमियर लिग चर्चामा आएको छ । आइपिएल २०२२ मा कूल १० टिमले भाग लिनुपर्नेछ र अहिले भएका ८ टिमसँगै अन्य २ नयाँ टिम थपिँदैछन् । थपिने २ नयाँ टिमको लागि आज लिलामी हुँदेछ । अब केही बेरमा दुबइमा यो लिलामी हुनेछ । यस्तोमा थपिने नयाँ टिम कुन हुनेछन् र उनीहरुको स्वामित्व कसले पाउनेछ भन्नेमा धेरैको चासो छ ।

यस पटक अहमदाबाट र लखनउमा आधारित फ्रेन्चाइज टिमले आइपिएलमा स्थान पाउन सक्ने सम्भावना उच्च रहेको बताइएको छ । दुवै सहरसँग आफ्नो स्टेडियम छ र यी सहरमा आइपिएलको फ्यान फलोइङ पनि धेरै छ । रिपोर्टका अनुसार लिलामीको लागि प्रिमियर लिग क्लव म्यान्चेस्टर युनाइडेडको तर्फबाट सबैभन्दा ठूलो बोली लगाइएको छ ।

यद्यपि अहिलेसम्म बीसीसीआइको तर्फबाट केही पनि फाएनल भइसकेको छैन । यस्तोमा सोमबार अबेर बेलुका वा मंगलबार आइपिएलका २ नयाँ टिमको घोषणा हुने विश्वास गरिएको छ । आइपिएलको नयाँ टिम किन्नको लागि आरपीएसजीका संजीव गोयन्का, म्यान्चेस्टर युनाइटेडका मालिक ग्लेजर परिवार, नवीन जिंदल, अडानी ग्रुप, कोटाक ग्रुप, सीभीसी पार्टनर, ग्रेप एम, रणवीर सिंह र दीपिका पादुकोण समेत कैयौं नामहरु रेसमा छन् ।

आइपिएलका २ नयाँ टिमबाट बीसीसीआइ मालामान हुन सक्छ । लिलामीमा सहभागी हुनको लागि नाम दर्ता गर्नकै लागि १० लाख रुपैयाँको फाराम भर्न लगाइएको छ । यसबाहेक हरेक टिमको न्यूनतम मूल्य २ हजार करोड तोकिएको छ । तर, लिलामीमा एउटा टिम ७ देखि १० हजार करोडसम्ममा बिक्री हुने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *