भारत–पाकिस्तान खेल चलिरहँदा खेलाडीको भन्दा धेरै चर्चा हसन अलीकी श्रीमतीको

डिसी नेपाल
८ कार्तिक २०७८ १७:००

काठमाडौं। भारत र पाकिस्तानबीचको खेलको रोमाञ्च चरममा हुन्छ । त्यसमाथि विश्वकपमा खेल भइरहँदा यो अझै बढेर जान्छ । यस क्रममा खेलाडीहरुको चर्चा त हुन्छ नै साथमा उनहिरुका पति वा पत्नीको चर्चा पनि हुन्छ ।

विगतका वर्षहरुमा पाकिस्तानका पूर्वकप्तान शोएब मलिककी पत्नी सानिया मिर्जाको चर्चा हुन्थ्यो । सानिया मिर्जा भारतीय हुन् । उनी व्यवसायिक टेनिस खेलाडी हुन् र उनले भारतको झण्डामुनि खेलेर कैयौं ग्राण्ड स्लाम जितेकी छिन् ।

यस पटक भने सानिया मिर्जा भन्दा धेरै चर्चा पाकिस्तानी बलर हसन अलीकी पत्नी शामिया हसन अलीको भयो । शामिया भारतीय हुन् । हिजोको खेलमा हसन अलीको खराब फर्मका कारण सामाजिक संजालमा शामियालाई धेरै ट्रोल गरियो । भारतविरुद्ध बलिङमा सबैभन्दा महंगा हसन अली नै थिए । उनले ४ ओभरमा ११ को इकोनोमीमा ४४ रन दिएका थिए ।

हसन अलीले भारतलाई सबैभन्दा धेरै रन दिएपछि पाकिस्तानी फ्यानले शामिया भारतीय भएको कुरालाई जोड्दै निकै ट्रोल गरे । भारतको हरियाणाकी शामियासँग हसन अलीले २०१९ मा बिहे गरेका थिए । उनको बिहेमा भारत र पाकिस्तान दुवै देशका क्रिकेटरलाई निम्तो दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *