नेपाल एयरलाइन्सले आजदेखि साँफेबगर विमानस्थलबाट उडान भर्ने
अछाम । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आज मंगलबारबाट अछामको साँफेबगर विमानस्थलमा पनि उडान भर्ने भएको छ। निगमले आज दुईवटा उडान भर्न लागेको हाे।
निगमका उपर्निदेशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढीदेखि साँफेबगर र साँफेबगरबाट १०ः४५ बजे धनगढीका लागि उडान हुनेछ। दोस्रो उडान धनगढीबाट फेरि ११ः ३० बजेका लागि तय भएको र साँफेबगरबाट १२ः १५ बजे धनगढीका लागि उडान छ।
धनगढीबाट अछाम र अछामबाट धनगढीका लागि ३७ सय ८५ कायम गरिएको छ। नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले उडान बन्द गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment