चीनमा फेरि कोभिड बढेपछि बेइजिङ म्याराथुन स्थगित
बेइजिङ । चीनले कोभिड संक्रमण बढेको जनाउँदै बेइजिङ म्याराथुन स्थगित गरेको छ। सरकारका एक वरिष्ठ अधिकारीले चीनमा फेरि कोभिड महामारी फैलिने चेतावनी दिइरहेका बेला सरकारले म्याराथुन स्थगित गरेको हो।
अहिलेसम्म चीनका ११ प्रान्तमा कोभिड फैलिएको छ। सबै प्रान्तमा गरेर १३३ जनामा संक्रमण देखिएको छ। संक्रमित सबैमा सजिलै सर्ने डेल्टा भेरिअन्ट देखिएको जनाइएको छ। पछिल्लो संक्रमण दर यसै वर्षको अगस्टमा नान्जिङ प्रान्तको महामारीपछिकै ठूलो बताइएको छ। सरकारले भाईरसप्रति सरकारको शून्य सहनशीलता रहने बताउँदै आएको छ।
कति महत्वपूर्ण छ बेइजिङ ओलम्पिक ?
सन् १९८१ देखि वर्षेनी आयोजना गरिने यो ओलम्पिक चीनमा महत्वपूर्ण मानिन्छ। यो ओलम्पिक वर्षेनी तायनामेन स्क्वायरमा सुरु हुन्छ र बेइजिङको ओलम्पिक पार्कस्थित सेलिब्रेसन स्क्वायरमा सम्पन्न हुन्छ।
अक्टोबर ३१ बाट सुरु हुने सो ओलम्पिकमा करिव ३० हजार मानिसको सहभागीता हुने अनुमान गरिएको थियो। ‘महामारी थप फैलिनबाट रोक्न र धावकको स्वास्थ्य र सुरक्षा गर्न खेल रद्द गरिएको म्याराथुन आयोजकले बताएका छन्।
अन्य प्रान्त र सहरबाट भ्रमणमा अएका समूहबाट पछिल्लो महामारी फैलिएको जनाइएको छ। महामारी बढेपछि सरकारले यात्रा प्रतिबन्ध लगाउनुका परीक्षणलाई तीब्रता पारेको छ।







डिसी नेपाल







Facebook Comment