पाकिस्तानले जितेपछि स्टेडियममै भक्कानिएर रुने यी पाकिस्तानी को हुन् ?

डिसी नेपाल
९ कार्तिक २०७८ १३:०५
1.4k
Shares

काठमाडौं। टि–२० क्रिकेट विश्वकपमा आइतबार भएको खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको छ । यो टि–२० अन्तर्राष्ट्रियको इतिहासमै पाकिस्तानको सबैभन्दा ठूलो जित र भारतको सबैभन्दा ठूलो हार थियो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा विश्वकपमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा सुरु भएको २९ वर्षको इतिहासमा यो पाकिस्तानको पहिलो जित थियो ।

सामाजिक संजालमा पाकिस्तानको यो ऐतिहासिक जितसँगै स्टेडियममै भक्कानिएर रोइरहेका एक व्यक्तिको भिडियो भाइरल भइरहेको छ । यी भक्कानिएर रुने व्यक्ति पाकिस्तानी कप्तान बाबर आजमका पिता आजम सिद्दिकी हुन् । भिडियोमा उनी भक्कानिएर रोइरहेका देखिएका छन् । उनलाई छेउमा रहेका अन्य केही व्यक्तिहरुले बधाइ दिइरहेको पनि देख्न सकिन्छ । बाबर विश्वकपमा भारतलाई हराउने पहिलो पाकिस्तानी कप्तान बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *