गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै उद्घाटन गरिने

डिसी नेपाल
९ कार्तिक २०७८ २०:३०
484
Shares

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै उद्घाटन गरिने बताए ।

हाल भौतिकरूपमा करिब निर्माण सम्पन्न भइसकेको उक्त विमानस्थलमा आगामी १५ दिनभित्र विद्युतीय उपकरणको परीक्षण गर्ने ‘क्लालिब्रेसन फ्लाइट’ सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय अघि बढेको उजले जानकारी दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र स्पेनको लुम्बिनी गार्डेन नामक संस्थामार्फत ल्याइएको रु दुई अर्ब ५० करोड मूल्यको बुद्धको मूर्तिको राष्ट्रपतिले अनावरण गर्ने कार्यक्रम छ । बुद्धको जन्मभूमिको देशमा विश्वभरका पर्यटकका लागि सन्देश जाने पर्यटनमन्त्रीको विश्वास छ ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले समयसापेक्ष पर्यटन नीतिको अभाव तथा अन्तर मन्त्रालय र मातहत निकायसँगको समन्वयको अभावमा पर्यटन विकासमा ठोस काम गर्न नसकिएको बताए । बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमलाले कोभिडका कारण विदेशी पर्यटकको आगमन सङ्ख्या न्यून हुँदा आर्थिक सङ्क्रमण बेहोर्नुपरेको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका गतिविधि सुस्ताएको उल्लेख गरे ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडपछि पर्यटन क्षेत्रले भोगेका समस्या र आगामी रणनीतिबारे प्रस्तुतीकरण गरेका थिए । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले नेपाल एयरलाइन्सलाई सबलीकरण गर्दै देश तथा विदेशमा पर्यटनका गतिविधि बढाइनुपर्नेमा जोड दिए । होटल सङ्घ नेपाल (हान) काअ अध्यक्ष सिर्जना राणाले पर्यटकीय सेवाका लागि खुलेका सबैस्तरका होटलको स्तरीकरण र सेवाको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.