नेपाली फुटबल टिमलाई एक लाखसहित आज सम्मान गर्दै कांग्रेसको तरुण विभाग

डिसी नेपाल
१० कार्तिक २०७८ ८:४९
108
Shares

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले इतिहास रच्न सफल नेपाली फुटबल टिमलाई आज बुधबार सम्मान गर्ने भएकाे छ। माल्दिभ्सको मालेमा हालै सम्पन्न १३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ ऐतिहासिक सफलता हासिल गरेको नेपालको राष्ट्रिय फुटबल टिमलाई एक लाख ११ हजार नगद र सम्मान पत्रबाट सम्मान गरिन लागिएको तरुण विभागका संयोजक एवम् पूर्वमन्त्री शंकर भण्डारीले जानकारी दिए।

राष्ट्रिय शभा गृह प्रदर्शनीमार्गमा २ बजे गृहमन्त्री बालकृष्ण खाँणले फुटबल टिमलाई सम्मान गर्नेछन्।

फाइनलमा नेपाली फुटबल टिम भारतसँग भिडेको थियो । भारतसँग नेपाली टिम पराजित भए पनि इतिहास रच्न सफल भएको छ।

‘उत्कृष्ट प्रदर्शनका साथ नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्ने वित्तिकै तरुण विभागले राष्ट्रिय टोलीका खेलाडीलाई सम्मान गर्ने निर्णय गरिसकेको थियो । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि उपाधि यसपाली हाम्रो हुन सकेन । तर पहिलो पटक फाइनल पुुग्ने खुट्किलो चढेका छौं । अर्को पटक पक्कै हामी दक्षिण एसियाको च्याम्पियनबन्ने विश्वास लिएका छौं,’ तरुण विभागले विज्ञप्तिमा भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.