के मोहम्मद रिजवानलाई भारतीय बलरहरुको हरेक बलबारे खेल सुरु हुनुभन्दा पहिल्यै थाहा थियो ?
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले पाकिस्तानी ओपनर मोहम्मद रिजवानको एउटा भिडियो ट्वीट गरेको छ । भिडियोमा २ कुरा देखिएका छन् । पहिलो रिजवानले खेल सुरु हुनु ठिक अघि कल्पना गर्दै बिना बलर शट अभ्यास गर्नु र दोस्रो खेल सुरु भएपछि भारतीय बलरविरुद्ध उनले हुबहु त्यही शट लगाउनु जुन शट उनले खेलको ठिक अघि अभ्यास गरेका थिए । आइसीसीले रिजवानका १० शटको भिडियो ट्वीट गरेको छ ।
मोहम्मद रिजवानको यो कल्पनाको तारिफ गर्दै आइसीसीले लेखेको छ ‘ड्रिम, भिजुअलाइज, एक्सक्युट’ अर्थात सपनालाई आँखाअगाडि भइरहेको महसुस गर्नु र सपनालाई वास्तविकतामा परिणत गर्नु । यसपछि आइसीसीले लेखेको छ ‘यो मोहम्मद रिजवानको मास्टरपिस थियो । उनको खेल म्याच सुरु हुनुभन्दा पहिले सुरु भएको थियो । बलिङभन्दा पहिल्यै उनले अभ्यास सुरु गरेका थिए ।’ भारतविरुद्ध मोहम्मद रिजवानले ५५ बलमा ७९ रनको इनिङमा ६ चौका र ४ छक्का हानेका थिए र उनले आफ्ना ठूला शटको अभ्यास पहिल्यै गरेका थिए ।
मोहम्मद रिजवानले जे गरे त्यसलाई क्रिकेट जगतमा छुट्टै शब्दावली वा नाम अहिलेसम्म दिइएको छैन तर केही निकै प्रतिभाशाली ब्याट्सम्यानले यस्तो पहिले पनि गरेका छन् । यो सूचीमा सबैभन्दा माथि अस्ट्रेलियाका ओपनर म्याथ्यु हेडनको नाम आउँछ । उनी धेरैजसो खेल सुरु हुनुभन्दा ठिक १० मिनेट पहिले क्रिजमा आउँथे र एक्लै मैदानमा ब्याट लिएर प्राक्टिस गर्थे । कैयौं पटक उनले खेलअघि जसरी ब्याट चलाएका थिए ठिक त्यस्तै गरी शट खेलेको देखिएको थियो ।







डिसी नेपाल







Facebook Comment