शानदार जितपछि हफीजले न्यूजिल्याण्डसँग सभ्य तरिकाले कठोर बदला लिए

डिसी नेपाल
१० कार्तिक २०७८ १७:०९
3.6k
Shares

काठमाडौं। पाकिस्तानले टि–२० विश्वकपमा आफ्नो दोस्रो खेलमा न्यूजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । पाकिस्तानको टिमले निकै उत्कृष्ट प्रदर्शन गर्दै १९ औं ओभरमा खेल जितेको हो । जितपछि टिमका सिनियर खेलाडी मोहम्मद हफीजले निकै सभ्य तरिकाले न्यूजिल्याण्डसँग कठोर बदला लिएका छन् ।

हफीजले ट्वीट गर्दै यो जितलाई आफ्नो देशका सुरक्षाकर्मीलाई समर्पित गरे र पाकिस्तान टिमलाई उत्कृष्ट प्रदर्शनको लागि बधाइ दिए । खासमा यो ट्वीट स्पष्ट रुपमा न्यूजिल्याण्ड सरकारप्रति कडा व्यङग्य थियो । किनकि केही हप्ता पहिले मात्र पाकिस्तानसँग द्विपक्षीय सिरिज खेल्नको लागि पाकिस्तान पुगेको न्यूजिल्याण्डको टिमले खेल सुरु हुनभन्दा केही घण्टा मात्रै पहिले सुरक्षा कारण देखाउँदै सिरिद रद्द गरेर न्यूजिल्याण्ड फर्किएको थियो । अफीजले सुरक्षा बललाई जित समर्पित गर्दै न्यूजिल्याण्डलाई आफ्नो देशको सुरक्षा बल सुरक्षा दिन सक्षम रहेको सन्देश दिन खोजेका हुन् ।

यो विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित हो । यसअघि उसले भारतलाई १० विकेटले हराइसकेको छ । समूहमा तुलनात्मक रुपमा बलियो मानिएका दुवै टिमलाई हराइसकेको पाकिस्तानले अब सेमिफाइनलको यात्रा तय गर्ने लगभग पक्काजस्तै मानिएको छ । पाकिस्तानले अब टेस्ट मान्यता प्राप्त अफगानिस्तानसँगै एसोसिएट देशहरु स्कटल्याण्ड र नामिबियासँग खेल्न बाँकी छ । यी देशहरु पाकिस्तानभन्दा बरियतामा धेरै पछाडि छन् । पाकिस्तानले अर्को खेल २९ अक्टोबरमा अफगानिस्तानसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *