मिस युनिभर्सका लागि अन्तिम तयारीमा सुन्दरीहरू
काठमाडौं। आउँदो शनिबार घोषणा हुने ‘मिस युनिभर्स नेपाल २०२१’ को तयारी भइरहेको जनाइएको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै अन्तर्राष्ट्रिय कस्मेटिक वितरण कम्पनी ओरीफ्लेमले मिस युनिभर्स नेपाल २०२१ को टाइटल स्पोन्सर गर्ने जनाइएको छ ।
कन्ट्री निर्देशक नग्मा श्रेष्ठले प्रतियोगिता अन्तिम तयारीमा रहेको जानकारी दिइन् । ‘हामीले मिस युनिभर्स नेपाल घोषणा गर्दैछौं,’ नग्माले भनिन्, ‘आउँदो शनिबार हुने फाइनलमा टप १० हुँदै टप पाँचबाट विजेता घोषणा हुनेछिन् ।’
मिस युनिभर्स नेपालको ताजका लागि हुने प्रतिस्पर्धामा दर्शकको मत बढी पाउने दुई जना (पिपुल च्वाइस) र सोसल इम्प्याक्ट लिडरले सिधै अन्तिम १० मा प्रवेश पाउने भएका छन् । शनिबार हुने घोषणा मिस युनिभर्स नेपालकी विजेता अनिस्का शर्माले नयाँ विजेतालाई ताज लगाइदिनेछिन् भने उनले १० लाख नगद पुरस्कारसमेत प्राप्त गर्नेछिन् ।
प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस युनिभर्स’ का लागि उमंग क्रियसनले गत वर्षबाट प्रतियोगी पठाउन थालेको हो । गत वर्ष ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व अंशिका शर्माले गरेकी थिइन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment