सञ्चारमन्त्री कार्कीद्वारा बाढीबाट डुबान क्षेत्रको निरीक्षण

डिसी नेपाल
१३ कार्तिक २०७८ २२:४३
20
Shares

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीमा बाढीबाट डुबान एवं कटान क्षेत्रको आज निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा केही दिनअघिको बेमौसमी वर्षासँगै आएको बाढीबाट प्रभावित इनरुवा–८ स्थित गहिडा टोलका ४१ घर परिवारलाई उनले राहतसमेत वितरण गरे । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–४ र ५ मा सुनसरी खोलाले कटान गरेको बाँधको मन्त्री कार्कीले स्थलगत निरीक्षण गरेका छन् ।

सोही सिलसिलामा बाढीमा डुबेर मृत्यु भएका भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डलको परिवार र केही दिनअघि प्रहरीको हिरासतमा आत्महत्या गरेका मोहमद हकिम मियाँको परिवारसँग पनि भेटघाट गरे । त्यसैगरी बाढीका कारणले भोक्राहा नरसिंह गाउँपालिका–८ मा रहेको दुई वटा मदर्शामा भएको क्षतिको विषयमा उनले जानकारी लिनुभएको कोशी गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस ४ नम्बर क्षेत्रका सभापति अयुव अंसारीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.