‘कांग्रेसको १४औँ महाधिवेशन मङ्सिरभित्र सम्पन्न गर्नुको विकल्प छैन’

डिसी नेपाल
१३ कार्तिक २०७८ २३:०४
24
Shares

काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकको ताकत, मेहनत र परिश्रम पार्टीको महाधिवेशन सम्पन्न गर्न लगाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका–५ एकाइ समितिले आज चक्रपाणि चोक कटुञ्जेमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता घिमिरेले १४औँ महाधिवेशन मङ्सिरभित्र सम्पन्न गर्नुको विकल्प नभएको जनाउँदैं त्यसका लागि सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताएका हुन् । उनले लोकतन्त्रलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने र कांग्रेस बलियो हुन महाधिवेशनलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले कम्युनिष्टले जनतालाई ढाँट्ने सिवाय अरु गर्न नजानेको आरोप लगाए । उनले एउटै बाटो तीन चोटी शिलान्यास गरेर जनतालाई झुक्याउने गरेको उदाहरण प्रस्तुत गर्दै जनता सस्तो प्रचारमा लाग्न नहुनेमा जोड दिए ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जग्गा दलाली र भूमाफियाको जग्गा प्लटिङमा बाटो पु¥याउँदैमा कसैलाई विकास प्रेमी नेताको बिल्ला भिडाउनु गलत भएको बताए। धनवाद र डनवादको राजनीति गरेर जनतालाई दिग्भ्रमित पार्ने कांग्रेसको नीति नभएको स्पष्ट पार्दै सभापति थापाले चाहेको अवस्थामा आफूहरु पनि धनवाद र डनवादमा उत्रन तयार भएको चेतावनी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.