विवादका बीच प्रधानन्यायाधीशले ७ मुद्दाको फैसला गरे

डिसी नेपाल
१४ कार्तिक २०७८ १२:४४
1.1k
Shares

काठमाडौं। गत असोज २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको विस्तार गर्दा प्रधानन्याधीश चोलेन्द्रसमशेर जबराका जेठान गजेन्द्रबहादुर हमाललाई समेत मन्त्री बनाएपछि प्रधानन्यायाधीश जबरामाथि भागबण्डाको आरोप लगाउँदै सुरु भएको विवादले अहिले अदालतको काम कारवाही प्रभावित भएको छ।

प्रधानन्यायाधीश जबरामाथि आरोप लागेसँगै सर्वोच्च अदालतका धेरैजसो न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा मागेका छन्। उनीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै फुलकोर्ट बहिष्कार गरे। त्यसलगत्ते उनीहरुले इजलास पनि बहष्किार गर्न थालेका छन्। कात्तिक ८ गते यता सर्वोच्चका १५ जना न्यायधीशहरुले राजीनामा माग गर्दै इजलास नै बहिष्कार गर्दै आएका छन्।

सर्वोच्चका प्रधानन्यायाधीशसहित कूल २० जना न्यायाधीशमध्ये १५ जनाले इजलास नै बहिष्कार गर्न थालेपछि अदालतमा न्याय सम्पादन प्रभावित भएको छ। वकिलहरुको संगठन नेपाल बार एसोसिएसनले समेत प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोध गर्न थालेपछि इजलास प्रभावित भएका छन्। नेपाल बार एसोसिएसनले त आजबाट जबरा विरुद्ध कालोपट्टी बाँधेर चरणबद्ध आन्दोलन थालेको छ।

न्यायाधीशहरुले इजलास बहिष्कार र विरोध गरिरहँदा प्रधानन्यायाधीश जबराले भने न्याय सम्पादन जारी राखेका छन्। प्रधानन्यायधीश जबराले योबीचमा ७ ओटा मुद्दाको छिनोफानो गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता वाबुराम दाहालका अनुसार न्यायलको विवाद भएयता दुई चोटी इजलासमा बसेका छन्। गत सोमबार र आज गरी दुई पटक फैसला पनि भएका छन्।

दाहालका अनुसार सोमबारको इजलासमा ५ थान मुद्दा र आइतबार २ थान मुद्दाको फैसला राणाले गरेका छन् । आज गरिएका फैसलामा चितवन प्रकरणको घटना र गैरसैनिकको मुद्दा छिनोफानो भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *