विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा

डिसी नेपाल
१४ कार्तिक २०७८ १३:२९
20
Shares

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन्।बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने बताएका छन्।

गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताकोे विषय नेपालको संविधानसँग जोडिएकाले हाललाई त्यो सम्भव नरहेको उनको भनाइ थियो ।उनले बेलायतको नागरिकता लिएका नेपाली यहाँको सांसद् हुनसक्ने सम्भावना औल्याउँदै गैरआवासीय नेपालीले नेपाललाई निरन्तर सहयोग गरिहेकामा प्रसंशासमेत गरेका छन्।

कार्यक्रममा समितिका अध्यक्ष युवराज गुरुङले जनसम्पर्क समितिका कामकारबाहीबारे जानकारी गराउँदै प्रवासमा रहेका नेपालीका समस्या र चनौतीका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन कोप–२६० अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन गएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.