प्रधानन्यायाधीशसँग पुनः वार्तामा बस्ने असन्तुष्ट न्यायाधीशको निर्णय, बन्यो समिति

डिसी नेपाल
१४ कार्तिक २०७८ १७:१५
88
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीश जबरासँग वार्तामा बस्ने भएका छन् ।

एकसाता यता इजलास छोडेर आन्तरिक छलफल गरिरहेका न्यायाधीशहरूको आइतवारको छलफलले वार्ता गर्ने भन्दै तीनजना न्यायाधीशलाई जिम्मा दिएको छ ।

जबरासँग अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार शर्माले वार्ता गर्ने एक न्यायाधीशले बताए । उनीहरूले प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टिका बुँदा पहिल्याएर तीनै बुँदाका आधारमा एक पटक वार्ता बस्ने निर्णय गरेका हुन् ।

‘हामीले केही हाम्रा सरोकारका साझा विषय तय गरेका छौं, यी विषयमा उहाँ (जबरासँग) भोलिबाटै वार्ता हुन्छ,’ ती न्यायाधीशले भने ।

इजलास छाडेर न्यायाधीश छलफलमा जुटिरहँदा जबराले भने दुईवटा मुद्दामा सुनुवाइ गर्दै एउटामा अन्तरिम आदेशसमेत जारी गरेका छन् ।

उता नेपाल बार एसोसिएसनले भने प्रधानन्यायाधीशको राजीनामा नआएसम्म उनका इजलास बहिष्कार गर्ने निर्णयसहित आजैबाट प्रर्दशन थालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.