राष्ट्र बैंकका प्रथम गभर्नर राणालाई जापान सरकारको उच्च सम्मान

डिसी नेपाल
१७ कार्तिक २०७८ १२:२९
144
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय समशेर जबरालाई जापान सरकारले उच्च सम्मान दिएको छ। जापान सरकारले जबरालाई द अर्डर अफ जापान (द अर्डर अफ द राइजिङ सन, गोल्ड एण्ड सिल्भर स्टार) प्रदान गरेको हो।

जापानका विदेशमन्त्री मोतेगी तोशिमित्सुले जबरालाई जापान सरकारको तर्फबाट यो सम्मान पाएकोमा बधाइ दिएका छन्। जबराका छोरा अशोक राणाले जापान सरकारले आफ्ना पितालाई यो सम्मान दिएकोमा खुसी व्यक्ति गरे।

उनका अनुसार पूर्व गभर्नर राणाले धेरै वर्ष पहिले जापानी येनको खाता खोलेका थिए। यसो गरेर उनले जापानी मुदको विश्वसनीयता बढाउन योगदान गरेकोमा सम्मान गरिएको हो।

दोस्रो विश्वयुद्ध पछि जापानी मुद अन्तर्राष्ट्रिय बजारमा निकै सस्तो भएको थियो। विश्वयुद्धमा ठूलो षति व्यहोरेको जापानले तत्कालीन समयमा कुनै बै.क ग्यारेन्टी बिना मुद छापेको भन्दै अन्तर्राष्ट्रिय समुदायले अविश्वास गरेपछि जापानी येन निकै सस्तो समेत थियो। तत्कालीन समयमा नेपाली मुद्राभन्दा धेरै गुणा सस्तो रहेको जापानी येन अहिलेसम्म आइपुग्दा भने नेपाली मुद्राभन्दा थोरै महंगो भइसकेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.