बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त
काठमाडौं ।बुधवार बसेको सञ्चालक समितिको बैठकले बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा श्रवण लाल मास्के नियुक्त भएका छन् ।
उनले गत तीन महीना अघिदेखि कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए । मास्केले यस बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका छन् । श्रवण लाल मास्केसंग तीन दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ । जसले उनलाई यस बैंकिङ्ग क्षेत्रमा एक अनुभवी तथा कुशल ब्यवस्थापकको रुपमा स्थापित गराएको छ ।
कम्पनीका अनुसार मास्केले यस बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।







डिसी नेपाल








Facebook Comment