तिहारकाे राैनक, व्यापारीलाई भाइमसला बेच्न भ्याइनभ्याइ (फोटोफिचर)

रिता बस्नेत
१८ कार्तिक २०७८ १३:५५

काठमाडौं । तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाइदिने चलन छ। टिका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई विभिन्न प्रकारका काजु, बदाम, पेस्ता, किसमिस, ओखर, अन्जिर, छोकडा मधेसी बदाम लगायतका ड्राइफ्रुट्स् र फलफूल, वस्त्र आदि दिने चलन छ । जसले गर्दा तिहार आसपासमा पसलदेखि सडकपेटीमा भाइमसला, टिका, फलफूलको बजारै लाग्ने गर्छ।

 

अन्य व्यापार व्यवसाय गर्नेहरुले समेत यतिबेला आफ्नो पसल अगाडि सडकपेटीमा भाइमसला, सप्तरंगी टिका, फूल, माला आदि बेच्ने गर्छन्। तिनै तिहारको भाइमसलालगायतका सामग्री न्यूरोड, चावहिल चोक, नयाँ र पुरानो बानेश्वर चोक लगायत काठमाडौं उपत्यकाका मुख्य चोक तथा बजारमा किन्नेको भिड थामिनसक्नु रहेको छ।

त्यही भाइमसला किन्न क्रममा मैतीदेवीमा बस्दै आएकी विरगन्जकी राधा खड्का न्यूरोडमा भेटिइन्। भाइमसला किन्नमा व्यस्त उनले भनिन्, ‘तिहारमा भाई मसला छोईसक्नु हुँदैन । जति पैसा खर्च गरेपनि मसला किनेकै(मसला थोरै देखिन्छ) देखिदैन ।’ उनका अनुसार भाईमसला किन्नको लागि धेरै पैसा खर्च गर्दा पनि मसला भने एकदमै थोरै आउछ।

 

यस पटकको भाइमसला अघिल्लो वर्षको भन्दा खासै महङ्गो नभएको नयाँ बानेश्वरस्थित एक किराना पसलकी रेनु सिवाकोटी बताउछिन्। तिहारलाई मध्यनजर गर्दै केही वर्षदेखि आफ्नो किराना पसलमा भाई मसलासमेत बेच्न थालेको बताउने उनले काजु, किसमिस, ओखर, पेस्ता आदि होलसेलमा केजीको दरले ल्याई ग्राहकले चाहेनुसार ग्रामको हिसाबमा बेच्ने गरेको बताइन्।

लगातार चार वर्ष अघिदेखि तिहारको समयमा पसलमा भाईमसलासमेत राख्दै आएकी उनले यस पटक पनि त्यस्ता मसलाको मूल्यमा अघिल्लो वर्ष र यस वर्षको तुलनामा खासै भिन्नता नभएको बताइन्।

त्यस्तै, पुरानो बानेश्वरस्थित एक फलफूल व्यवसायी राकेश मिश्रले आफ्नो पसल अगाडि सडकपेटीमा आफ्नी बैनीलाई प्याकिङ्ग गरेको भाइमसला बेच्न राखेका छन्। तिहारको समयमा उनले यसरी नै भाइमसला बेच्नको लागि घरका फुर्सदिला सदस्यलाई काममा लगाउने गरेको सुनाए । मिश्रले प्राय भाइमसला होलसेलबाट किनेर ल्याई आफै प्याकेट बनाएर बेच्ने गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *