निवन्ध : सुन्दर कुमारी आँखा !
सुन्दर ती कुमारी आँखा तिम्रा, त्यसमा गाजलले सिंगारिएको। तिम्रा आँखाका ती छड्के नजर, बेलाबेलामा झिम्किने परेलीको नृत्य। हेराई, झिम्काइको मिश्रणले सुन्दर गीतको अनुभुति दिइरहको छ। त्यही सुन्दर गीतको सन्देश, आभास, सुगन्धले ममात्र होइन सबै मदहोस भएका चालपाएकी छौ?
तर विडम्बना ती तिम्रा सुन्दर आँखाको गाजलु बाटोबाट तप्कीनै लागेका आँसुका थोपारुपी मोतीका दाना अमूल्य छन्। ती मोतीका दानाभित्रको सपना, चाहनालाई मैले महशुस गरिरहेको छु। त्यसलाई भूँइमा झर्न नदिई टपक्क टिपी कतै हृदय भित्र लुकाई राखुँ जस्तो, आहा। कति राम्रो सुन्दर कुमारी आँखा!
त्यस्तो सुन्दर कुमारी आँखाले देखिने दृष्य झन् कति सुन्दर होला? कति मदहोस होला? त्यस्तो कुमारी आँखाले हेर्ने सबै चिजहरु पनि सायदै कसैले आजसम्म नदेखेको दृष्य नै होला। म तिम्रा ती कुमारी आँखाको हेराइसँगसँगै हेर्नपाए हुन्थ्यो भन्ने सोचिरहेको छु। ती कुमारी आँखाले सुन्दर संसार देख्दछ, हेर्दछ र त्यँही आफूलाई समाहित गर्दछ।
अनि ती आँखा जसले सारा संसारलाई आफ्नो खोकिलामा अटाउँदछ। विश्व झुकाउने Alexandria Iddario, Aishorya Roy र Angelina Joli को सुन्दर आँखा जस्तै लागि रहेको छ, तिम्रा ती कुमारी आँखा। जस्ले मलाई त झुकायो झुकायो, सारा संसारलाई पनि झुकाउँदछ। सबैलाई झुक्न बाध्य गराउँदछ। सबै झुकेका तिमीले पनि महशुस गरेकै हौली? तिम्रा ती कुमारी आँखामा कतिका आँखा जुध्यो होला? ती मध्ये तिम्रा आँखाको भाखा बुझ्ने कति थिए होलान ।
भाखा बुझेका आँखाहरुलाई तिम्रो कुमारी आँखाले फर्काएको सन्देशको त एउटा महाकाव्य नै बन्दछ। धन्य तिम्रा ती कुमारी आँखा जसले हामीजस्तालाई प्रफुलित बनाइरहेको छ। परिकल्पनामा डुबुल्कीमार्न उत्साहित गराएको छ। साहित्य कोर्न बाध्य बनाएको छ । तिम्रा ती कुमारी आँखालाई हृदयभित्रको माया।
ती आँखा झन् निन्द्राको बोझले झुकेको बेला त झनै कति सुन्दर देखिन्छन् होला? तसर्थ म भन्छु, त्यस्ता सुन्दर, अतिसुन्दर, सास्वतसुन्दर कुमारी आँखा! जसले विश्व झकाउने सुत्र बनाएको छ, त्यस्ता कुमारी आँखाहरु जबसम्म चन्द्र र सूर्य उदीयमान रहनेछन् तबसम्म ती कुमारी आँखा कहिल्यै नओइलाउन।
संसार हेर्ने आँखा सबैको यस्तै होउन। नेपाली परिवेशका ती कुमारी आँखाहरु दिपावलीको उज्यालो संसार हेर्दैछन्। यसले दिपावलीलाई अझ सजीव, नशालु र मदहोस बनाएको छ। आँखाको भाखा बुझेर लठ्ठ परेका मेरो आँखा यही चिम्लिन्छु।
No ads found for this position

डिसी नेपाल
Facebook Comment