प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर
काठमाडौं। लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ।
आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो। तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने संघीय संसद सेवा (प्राविधिक) का लागि ७ सिट छुट्याइएको छ।
यसैगरी, स्वास्थ्य सेवा आठौँ तहका लागि ४२ र स्वास्थ्य सेवा सातौँ तहका लागि ५६ जना माग गरिएको छ। १४ मंसिरभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment