मुद्दाको पेसी गोलाप्रथाद्वारा तोक्ने परिपाटी बसालौँः अध्यक्ष श्रेष्ठ

डिसी नेपाल
२४ कार्तिक २०७८ १९:५४

काठमाडौं। नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयबारे उठेका प्रश्न सम्बोधन गर्न तथा विधि र पद्धति स्थापित गर्न नेतृत्व सुध्रिन आवश्यक रहेको बताएका छन् । यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सर्वोच्च अदालतका न्यायाधीशका सम्बन्धमा आएका विषयवस्तुबारे छानविन गर्न समयन्त्र आवश्यक रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले भने, “अदालतको काम कारवाहीलाई प्रभावित र बद्नाम गराउने विचौलियालाई रोक्ने बेग्लै संयन्त्रको खाँचो छ, सर्वोच्च अदालतका न्यायाधीशको सम्पत्ति विवरण पनि सार्वजनिक गर्न जरुरी छ ।” निष्पक्ष न्यायसम्पादनका लागि योग्य र सक्षम न्यायाधीश नियुक्तिलाई पारदर्शी तुल्याउन रोष्टर बनाउन सुझाव दिँदै उनले मुद्दाको पेसी गोलाप्रथाद्वारा तोक्ने परिपाटीलाई स्थापित गर्न सुझाव दिए ।

नेपाल बार एशोसिएन सर्वोच्च अदालतसँग जोडिएका विषयलाई लिएर चरणबद्ध आन्दोलनमा रहेका बेला अध्यक्ष श्रेष्ठले समस्याको छिटो निकासका लागि सरकार र सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गराउँदै केही दिनभित्रै ज्ञापनपत्र दिने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *