मैनाली बने शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक

डिसी नेपाल
३० कार्तिक २०७८ १६:४०

काठमाडौं।शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा पदम मैनाली नियुक्त भएका छन् । शहरी विकास मन्त्रालयले प्राविधिक सहसचिव मैनालीलाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो ।

११ महिना अघि त्यहाँ पठाइएका सहसचिव नवराज प्याकुरेललाई मन्त्रालयमा तानेर सहसचिव मैनालीलाई जिम्मेवारी दिएको छ । मैनालीलाई शहरी विकास मन्त्री रामकुमारी झाक्रीले सिनियर सहसचिव पदम मैनालीलाई जिम्मेवारी दिएकी हुन । गत बर्ष ७७ साल मंसिर अन्तिम साता साता तेश्रो वरियतामा रहेका प्याकुरेललाई विभागको महानिर्देशक बनाएर पठाइएको थियो ।प्याकुरेललाई हिजै त्यहाँबाट तानिएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *