No ads found for this position
No ads found for this position

मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३ मंसिर २०७८ १७:१५
16
Shares
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँले मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ को प्रदेश अधिवेशन आज उद्घाटन गर्दै सभापति बानियाँले पार्टीभित्रको एकतालाई कायम राखेर मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह गरेका हुन् । “अधिवेशनले पार्टीभित्र विग्रह ल्याउने काम नहोस्, तिक्तता होइन, आपसी एकता निर्वाचनले कायम गरोस्”, उनले भने । सामूहिकरुपमा सङ्गठनलाई अगाडि बढाउनसमेत बानियाँले आम नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति ख्यामराज तिवारीले आमनिर्वाचनमा कांग्रेसलाई बलियो बनाउने खालको नेतृत्व पार्टी अधिवेशनले छनोट गर्नुपर्ने बताए । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० वटा निर्वाचन क्षेत्रको २० प्रदेशसभामा एकैसाथ निर्वाचन भइरहेको छ । आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन, १० गते जिल्ला अधिवेशन, १६ र १७ गते प्रदेश अधिवेशन र २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *