कात्तिकमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित

डिसी नेपाल
७ मंसिर २०७८ १३:५६

काठमाडौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिकमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित भएको जनाएको छ। जसअनुसार एक सय चार महिला र एक सय २७ पुरूष गरी दुई सय ३१ जना पीडित भएको इन्सेककको प्रतिवेदनमा उल्लेख छ।

इन्सेकले मंगलबार प्रकाशित गरेको समाचारअनुसार बागमतीमा एक सय ३४, प्रदेश १ मा २२, लुम्बिनीमा २१, प्रदेश २ मा २०, कर्णालीमा १८, गण्डकीमा १४ र सुदूरपश्चिम प्रदेशमा दुईजना पीडित छन् । कात्तिकमा प्रहरीले १५ जना महिलासहित एक सय १९ जनालाई पक्राउ गरेको जनाइएको छ।

प्रहरीले सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनमा आबद्ध अधिवक्ताहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै गरिएको प्रदर्शन र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ३० कात्तिकमामा आह्वान गरेको नेपाल बन्दका क्रममा सो पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको प्रतिवेदनमा जनाइएको छ।

यस अवधिमा १३ घाइते, अमानवीय व्यवहारबाट एक, दुर्व्यवहारको घटनामा एक, जातीय विभेदको घटनामा एक र बम विस्फोटमा परी दुईजना घाइते भएका छन् । कात्तिकमा कारागारमा एकजनाको मृत्यु भएको छ । यस अवधिमा श्रीमान्द्वारा ६ श्रीमतीको हत्या भएको छ । त्यसैगरी बलात्कारपछि एकजनाको हत्या भएको जनाइएको प्रकाशित छ । ुकात्तिकमा बाल अधिकार उल्लंघनका घटनामा ३४ जना बालबालिका र महिला अधिकार उल्लंघनका घटनामा ४७ जना महिला पीडित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *