मिल्दो केटा नपाउँदा आफैंसँग बिहे, ९० दिनमै फेरि आफैंसँग डिभोर्स

डिसी नेपाल
८ मंसिर २०७८ १०:३६

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर, अब उनी आफूसँग सम्बन्धविच्छेद गर्न चाहन्छिन् । क्रिसका अनुसार उनी पुरुषहरुमाथि विश्वास गरेर थाकिसकेकी थिइन् । उनले कुनै पनि चित्तबुझ्दो पार्टनर पाएकी थिइनन् त्यसैले आफैंसँग बिहे गरेकी थिइन् ।

ब्राजिलियन मोडल क्रिसका अनुसार आफैंसँग बिहे गरेपछि उनी निकै खुसी थिइन् र उनलाई कसैको पनि कमी महसुस हुँदैनथ्यो । उनलाई आफ्नो कुनै दुलाहा नभएकोमा पनि कुनै दुःख थिएन । तर, अब भने उनी आफैंसँग डिभोर्स गर्न चाहन्छिन् किनकि उनको जीवनमा यस्तो व्यक्तिको प्रवेश भएको छ जोसँग उनलाई प्रेम छ र उनलाई यी व्यक्ति उनको जीवनसाथी बन्न लायक छन् भन्ने लाग्छ ।

क्रिसका अनुसार उनलाई आफैंसँग बिहे गरेपछि ९० दिनको समय पर्याप्त भयो अब उनी आफ्नो प्रेमसँग बिहे गर्न चाहन्छिन् । उसअघि क्रिसले सेप्टेम्बरमा आफैंसँग बिहे गरेर आफूलाई धेरै राम्रो लागेको बताएकी थियन् । उनले ब्राजिलको साओ पाउलोमा एक क्याथोलिक चर्चमा आफैंसँग बिहे गरेकी थिइन् । उनले आफ्नो बिहेको तस्वीर शेयर गरेकी थियन् । तस्वीरमा कैयौंले उनको आलोचना गरेका थिए । त्यसपछि क्रिसले आफूले कमेन्ट पढ्दै नपढ्ने बताएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *