विप्लव नेतृत्वको नेकपाले मनायो पार्टी पुनर्गठन दिवस

डिसी नेपाल
८ मंसिर २०७८ २०:५१
64
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा बुधबार र्‍यालीसहित सभाको आयोजना गरेकोे छ। चौतारा बजारको भिन्तुनाचोकबाट निकालिएको र्‍याली मुख्य बजार हुँदै टुंडिखेलमा पुगेर सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरूले ‘दलालहरु होसियार’, ‘एमसीसी मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर’, ‘आदेश देउ विप्लव दाइ युद्ध गर्न तयार छौं’, ‘एकीकृत जनक्रान्ति जिन्दावाद’, जस्ता नारा लगाएका थिए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *