महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

डिसी नेपाल
९ मंसिर २०७८ २२:०१
40
Shares

काठमाडौं ।आजदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको पहिलो दिन काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीले आर्थिक उन्नति र शिक्षाको अवसरले महिलाको सशक्तीकरण हुने र यस अवस्थामा हिंसाका घटना कम हुने धारणा राखे ।

अन्तक्रियामा अधिवक्ता मीरा ढुङ्गानाले महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेद्भाव, अपमान, दुव्र्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा रहेको भन्दै त्यसलाई कम गर्नका लागि कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरीसम्बन्धी मूल्यमान्यता, गाली, बेइज्जती, छुवाछूत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रूण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ ।

यस प्रकारका अपराध हुन नदिन नेपालको संविधानले विभिन्न अधिकारको व्यवस्था गरेको छ । महिलाको हक, शोषणविरुद्धको हक, छुवाछूत र भेदभावविरुद्धको हक, समानताको हक, न्यायसम्बन्धी हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्यरूपमा लिन सकिन्छ । सन् १९९१ देखि हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन हुँदै आएको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो ।

यस वर्ष मङ्सिर ९ गतेदेखि १६ दिनसम्म अभियान सञ्चालन हुनेछ । यस वर्षको नारा ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *