अमेरिकाबाट डिसी नेपालको टिकटक समाचार शुरु, पत्रकार सहदेव पौडेललाई जिम्मेवारी

डिसी नेपाल
१० मंसिर २०७८ १०:१८

वासिंगटन डिसी । विश्वभरका नेपालीभाषी समुदायमाझ अव डिसी नेपालले सामाजिक सञ्जाल टिकटकका माध्यमबाट समाचार प्रसारणको शुरुवात गरेको छ । टिकटकमा समाचारको प्रसारण थ्यांक्सगिभिङ्ग डे को अवसरबाट अमेरिकाबाट शुरु भएको छ । अमेरिका र विश्वभरका नेपाली एवं नेपालीभाषी समुदायका सामाजिक, आर्थिक एवं अध्यागमनलगायत अन्य साझा सरोकारका विषयहरुलाई समेटेर डिसी नेपालको टिकटक आईडीमार्फत समाचारहरु प्रसारण गरिने डिसी नेपाल व्यवस्थापनले जनाएको छ ।

अमेरिकामा लामो समय हिमाली स्वरहरु अनलाइन रेडियो संचालन गरेका सहदेव पौडेलले डिसीनेपाल डट कमको टिकटक न्युज च्यानलको संपादन र संचालन गर्ने छन् । युवा पुस्तामाझ लोकप्रिय सामाजिक संजाल टिकटकमा समाचारलाई पनि छोटो, मिठो र छरितो शैलीमा पुर्याउने लक्ष्य टिकटक च्यानल सुरु गरिएको हो । हाम्रो टिकटकको ह्याण्डल @DCNepalNews बाट बिबिध समाचार सामाग्रीहरु प्रस्तुत गरिने छ । जोडिनुहोस् है डिसी नेपालको टिकटकमा ।

@dcnepalnewsWe’re ##thankful to our readers!Welcome to ##DCNepalDotCom’s official TikTok account! Follow us for news,views, and updates! ##NepalNews ##DCNepalNews♬ original sound – DCNepal.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *